नेपालमा स्वास्थ्य सेवा प्रणालीका समस्या र आगामी सरकारका समाधानका उपाय

नेपालमा चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी अत्यन्त कम छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा २६ हजार स्वास्थ्यकर्मी स्थानीय तहमा, ३५ सय प्रदेश सरकारमा र २६ सय केन्द्रमा गरी कुल ३२ हजार १ सय स्वास्थ्यकर्मी छन्। स्वास्थ्य क्षेत्रमा २०४६ साल आसपासको पुरानो दरबन्दीमै काम भइरहेको छ। करार र ज्यालादारीका कर्मचारीको भरमा धेरै स्वास्थ्य संस्था सञ्चालनमा छन्।