सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे समितिको सभा हल सिंहदरबारमा बस्नेछ । बैठकमा नयाँ संसद भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा शहरी विकास तथा भवन निर्माण विभागसँग छलफल गर्ने कार्यसूची रहेको छ ।