नौ वर्षपछि बटेश्वरका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ का १८६ स्ववासी परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। नापजाँच भएको करिब नौ वर्षपछि नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गर्दै उनीहरूलाई जग्गाको कानुनी स्वामित्व प्रमाणित हुने लालपुर्जा वितरण गरेको हो। बटेश्वर गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा सम्बन्धित परिवारलाई प्रमाणपुर्जा हस्तान्तरण गरिएको थियो। साबिक बटेश्वर गाविस वडा नं. […]