क्यानका महानिर्देशक अधिकारीलाई दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेका कोकिल शाही, रामेछापको सिर्जन अधिकारी र सर्लाहीका हेम तामाङ छन्। तामाङलाई मंगलबार बेलुका ललितपुर जिल्ला प्रहरी परिसर, अधिकारी र शाहीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो। तामाङलाई एकान्तकुना र अधिकारी र […]