काठमाडौँ। निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक सरकारले तोकेअनुसार हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको नर्सहरूले बुधबार दुई घण्टा सेवा ठप्प पारेका छन्। नेपाल नर्सिङ संघको आह्वानमा उनीहरूले बुधबार बिहान १० देखि १२ बजेसम्म सेवा ठप्प पारेका हुन्। संघले २ कात्तिकमा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्दै १२ कात्तिकदेखि दैनिक दुई घण्टा सेवा रोक्ने […]