काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इजरायलमा अड्किएको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकिता गरेकी छन् । निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर उनले आफ्नो इन्जिन इजरायलमा थन्क्याएर भाडाको इन्जिनले जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्ता बेथिति सहेर बस्न नसकिने उल्लेख गरिन् । ‘उता आफ्नो इन्जिन त्यसै थन्किएर बसेको […]