सिमरा तनावबारे प्रचण्ड : फागुन २१ को निर्वाचन बिथोल्ने कारण नबनोस्

काठमाडौं– बाराको सिमरामा हिजोदेखि बढ्दै गएको तनाव र हिंसात्मक घटनाप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गम्भीर चासो देखाएका छन्।  सामाजिक सञ्जालमार्फत बिहीबार प्रतिक्रिया दिँदै उनले स्थितिलाई नियन्त्रणबाहिर जान नदिन सबैलाई संयमता अपनाउन आग्रह गरेका छन्। लोकतन्त्रमा विचार भिन्नता स्वाभाविक भए पनि राजनीतिक मतभेदलाई हिंसा वा उत्तेजनामा बदल्नु अस्वीकार्य हुने उनले बताएका छन् ।  […]