स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?

‘एआई’ ले बरु एकनासका डेटा र पूर्ण रूपमा गणितीय निर्णय प्रक्रियामा आधारित हवाई उड्डयन वा बैंकिङ क्षेत्रलाई मानवरहित बनाउन सक्ला, तर स्वास्थ्य क्षेत्रमा भने एक सच्चा साथी वा सल्लाहकारको भूमिका खेल्न सक्छ—तर कुनै अकल्पनीय संकट सिर्जना गर्न सक्दैन। अर्थात्, ‘एआई’ ले स्वास्थ्य क्षेत्रलाई रिझाउने देखिन्छ, बिझाउने देखिँदैन।