काठमाडौं – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। हिमपातसँगै उत्पन्न प्रतिकूल मौसमका कारण अमेरिकाभित्र र बाहिर हुने पाँच हजार ६ सयभन्दा बढी उडान रद्द भएका छन्। राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा ३३ इन्चसम्म हिउँ जमेको छ। यो रोड आइल्यान्डको इतिहासकै सबैभन्दा ठूलो हिमपात हो । […]