कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशीको तराईका एकदुई स्थानमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले कृषक तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना नियमित रूपमा लिएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावले देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र […]