वर्तमान सरकारले जेनजी आन्दोलनको मर्म अनुसार काम गर्न सकेन: अधिकारकर्मी

काठमाडाैं। अधिकारकर्मीहरुले वर्तमान सरकारको आलोचना गरेका छन्। काठमाडौंमा साेमबार आयोजित एक कार्यक्रममा बोल्दै अधिवक्ता राजुप्रसाद चापागाई र मोहना अन्सारी लगायतका अधिकारकर्मीहरुले वर्तमान सरकारले पनि जेनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् । वर्तमान सरकारले जनतालाई विश्वासमा लिने गरी पारदर्शी ढंगले काम गर्न नसकेको अधिवक्ता चापागाईले आरोप लगाउनुभयो। राजनीतिक नियुक्तिमा जथाभावी गरेर […]