बागमतीका उद्योगको क्षमता उपयोग ४१ प्रतिशत मात्रै, बाढीले थप दबाब पर्ने आकलन

बागमती प्रदेशका अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग सुधार भए पनि ४१.०८ प्रतिशतमा सीमित रहेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को प्रदेशगत आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार अघिल्लो वर्ष यस्तो क्षमता उपयोग ३७.४९ प्रतिशत थियो। क्षमता उपयोगमा ३.५९ प्रतिशत बिन्दुको सुधार आए पनि अध्ययनमा समेटिएका उद्योगले उपलब्ध क्षमताको आधाभन्दा कम उपयोग गरेका छन्। […]