काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। दिउँसो पनि तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ। कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय कुहिरो […]