२१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले गरेको उम्मेदवार चयनप्रति पार्टीभित्रै तीव्र असन्तुष्टि प्रकट भएको छ। अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा पार्टीभित्रका फरकधारका नेताहरूलाई निषेध गरेका छन्। शनिबार बसेको सचिवालय बैठकले टुंगो लगाएको उम्मेदवारको सूची हेर्दा ओलीले ११औँ महाधिवेशनमा आफूभन्दा फरक कित्तामा रहेका नेताहरूलाई छानीछानी प्रतिशोध साँधेको देखिन्छ। महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर […]