झोलाभरि कागजपत्रको पोको अनि हातमा फाइलको बिटो बोकेका एक ज्येष्ठ नागरिक सोमबार दिउँसो सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भौँतारिइरहेका थिए। मुगुका ७४ वर्षीय जया जैसी खानेपानी, सिँचाइ र मन्दिरका लागि बजेट माग्न सिंहदरबार आइपुगेका रहेछन्। उनको हातमा खानेपानीका लागि मन्त्री र सचिवलाई सम्बोधन गरेर लेखिएका निवेदन दिए। उनले निवेदनमा लेखेका रहेछन्, ‘३९७ घरधुरीले अहिलेसम्म खोलाको धमिलो पानी […]