काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भए पनि समय र स्थान भने अझै तय गरिएको छैन। सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर बैठकको समय र स्थान निर्धारण गरिने बताइएको छ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारिसलगायत विषयमा छलफल हुने छ। त्यसैगरी वरिष्ठ नेता बालेन […]