रोटरी क्लब काठमाडौं हेरिटेजको नेतृत्वमा बिना पाठक पन्त, नयाँ सञ्चालक समिति गठन

रोटरी क्लब काठमाडौं हेरिटेजले नयाँ नेतृत्व पाएको छ। तत्कालीन अध्यक्ष कृष्णप्रसाद शर्माको एक वर्षे कार्यकाल पूरा भएसँगै तत्कालीन अध्यक्ष मनोनीत बिना पाठक पन्तले क्लबको अध्यक्षको जिम्मेवारी सम्हालेकी हुन्। पन्तले अध्यक्षको जिम्मेवारी सम्हालेसँगै रोटरी वर्ष २०२६/२७ का लागि क्लबको नयाँ सञ्चालक समिति तथा विभिन्न कार्यसमिति गठन गरिएको छ। नयाँ सञ्चालक समितिमा संस्थापक अध्यक्ष हेमा कुमारी अधिकारी […]