कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ

अत्तरिया– कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ । जिल्लास्थित सीमानाकामा भारतबाट नेपाल प्रवेश गर्नेलाई जाँचमा कडाइ गरिएको हो । सीमावर्ती नाकाबाट परिचय नखुलेका शङ्कास्पद व्यक्ति तथा समूह अवैध तरिकाले प्रवेश गर्न सक्ने हुँदा सुरक्षा निकायबाट जाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ‘सुरक्षा चुनौतीलाई दृष्टिगत गरेर […]