पर्सा– वीरगन्ज महानगरपालिका–२ छपकैयामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५१ जनाले सेवा लिएका छन् । शिविरमा आँखा परीक्षण गरिएकामध्ये २९ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । छपकैया नेपाली समाजको आयोजना तथा वीरगञ्ज सामुदायिक आँखा अस्पताल र काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पतालको सहयोगमा शनिबार शिविर सञ्चालन गरिएको हो । आर्थिक अभावका कारण आँखाको उपचारबाट वञ्चित नागरिकलाई लक्षित […]