स्वास्थ्य मन्त्री डा गौतम र जापानी राजदूत माइदा तोरुबीच शिष्टाचार भेट, जापानमा रहेका नेपालीको स्वास्थ्यबारे छलफल

मन्त्री डा गौतमले जापानले विगतदेखि नै नेपालप्रति देखाउँदै आएको  सहयोगप्रति विशेष आभार प्रकट गरिन्र भूकम्पदेखि कोभिड–१९ महामारीसम्मका चुनौतीपूर्ण क्षणमा जापानले उपलब्ध गराइ आएको सहयोग, साथै कान्ति बाल अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको भौतिक पूर्वाधार निर्माणमा पुर्‍याएको योगदानप्रति उनले धन्यवाद व्यक्त गरिन्।