काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनका लागि निर्वाचन निर्देशिका र कार्यतालिका सार्वजनिक गरेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा रहेको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले उक्त निर्देशिका जारी गरेको हो। निर्देशिकाअनुसार केन्द्रीय सभापतिको उम्मेदवारका लागि मनोनयन शुल्क ३० हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, उपसभापति र महामन्त्री पदका लागि २५ हजार, सहमहामन्त्रीका […]