अभिभावकविहीन आप्रवासी बालबालिकालाई टेक्सास पठाउँदै ट्रम्प प्रशासन: ‘मास डिपोर्टेसन’को आशंका

अमेरिकाको ट्रम्प प्रशासनले एक्लै सीमा पार गरेर आएका र नयाँ आप्रवासन अदालतका मुद्दा खेपिरहेका अधिकांश बालबालिकालाई टेक्सास पठाउन सुरु गरेको छ। टेक्सासका सरकारी बाल गृहहरू अनुमतिपत्र विना सञ्चालित रहेको, बालबालिकाले कानुनी सहायता पाउने सम्भावना न्यून रहेको र उनीहरूलाई द्रुत गतिमा देशनिकाला गर्ने खतरा बढेको अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। आपराधिक तथा आप्रवासनसम्बन्धी तथ्यांक विश्लेषण गर्ने […]