काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबिच तत्काल लागू हुने गरी ‘ऊर्जा युद्धविराम’ भएको अकस्मात् घोषणा गरेका छन् । ट्रम्पले दुवै पक्ष यसमा सहमत भएको दाबी गरे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आफू अझै सम्झौताको विस्तृत विवरणको पर्खाइमा रहेको बताएका छन् । यस घोषणाप्रति रुसको मस्कोबाट भने तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन […]