प्रहरीप्रति नागरिकको आस्था र भरोसा ठूलो छ : आईजीपी खापुङ

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले कानुन कार्यान्वयन तथा समाजमा हुने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको प्रहरीप्रति नागरिकको ठूलो आस्था र भरोसा रहेको बताएका छन्। प्रहरीको भरोसालाई जीवन्त बनाई राख्न विगतका कमी-कमजोरीको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पदान गर्न मातहतका प्रहरी, कर्मचारीहरूलाई उनले निर्देशनसमेत दिए। […]