आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी र प्रक्रियाविपरीत भएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। राष्ट्रिय जेन्जी नागरिक अभियानले नागरिकता विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै रिट दर्ता गराएको हो। अभियानले यसअघि पनि नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सरकारको ध्यानाकर्षण गराएको […]