गरिमा विकास बैंकले गुणस्तरीय बैंकिङ सेवा तथा सूचना सुरक्षा व्यवस्थापनका लागि दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ। बैंकले ISO 9001:2015 र ISO 27001:2022 प्रमाणपत्र हासिल गरेको जनाएको छ। यी प्रमाणपत्रसँगै गरिमा विकास बैंक एकैपटक दुई अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ प्राप्त गर्ने सीमित संस्थामध्ये पर्न सफल भएको छ। लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा विश्वव्यापी सर्टिफिकेसन […]