भोटेकोशी बाढीले पक्की पुल बगाएपछि त्रिशूलीमा झोलुङ्गे पुल सञ्चालन, स्थानीयको आवतजावत सहज

नुवाकोट । भोटेकोशीको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको छ।  ढुङ्गे र त्रिशूली बजारलाई जोड्ने गरी निर्माण गरिएको पुल पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहे पनि स्थानीयवासीको कठिनाइलाई दृष्टिगत गर्दै सञ्चालनमा ल्याइएको हो। गत भदौ १० गतेको बाढीले पुल बगाएपछि नदी वारपार […]