काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आज जयबागेश्वरीस्थित ब्रह्माको मन्दिर उद्घाटन गरेका छन्। उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतसहित प्रमुख साहले महानगरपालिकाको वडा नम्बर ८ जयबागेश्वरी, गायत्री मार्गमा रहेको मन्दिरको शिलालेख अनावरण गर्दै उद्घाटन गरेका हुन्। उद्घाटनपछि बोल्दै उपप्रमुख डंगोलले, प्राचीन स्मारकको जीवनका रूपमा […]