भम्लु खोलामा सुक्खा पहिरो, कर्णाली राजमार्ग फेरि अवरुद्ध

पहिरो पन्छाएर सञ्चालनमा आएको केही घण्टामै कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। दैलेखको दुल्लु नगरपालिका-१ स्थित भम्लु खोलामा मंगलबार राति माथिबाट सुक्खा पहिरो खसेपछि सुर्खेत-जुम्ला सडकखण्ड बन्द भएको हो। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार यसअघि कालीकोटको खाँडाचक्र नगरपालिकास्थित पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा पहिरो खसेपछि राजमार्ग भदौ २० गतेदेखि […]