३६ अर्बमा बनेको विमानस्थल सुनसान, व्यवसायी भन्छन्– हामी ठगियौं

नियमित उडान नभए पनि कर्मचारीको तलबभत्ता, विद्युत महसुल, उपकरणको मर्मतसम्भार र प्रशासनिक काममा मात्रै वार्षिक आठ करोड रूपैयाँभन्दा बढी खर्च भइरहेको छ। एसियाली विकास बैंकसँग सहुलियतपूर्ण ऋण लिएर बनाइएको विमानस्थल सञ्चालन नभए पनि सरकारले ऋणको ब्याज तिरिरहनुपरेको छ।