काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार सम्पन्न मतगणनाअनुसार खतिवडा र शिवाकोटी विजयी भएका हुन् । निर्वाचन समितिले भने खतिवडा र शिवाकोटी निर्वाचित भएको अन्तिम परिणामको औपचारिक घोषणा गर्न बाँकी छ । यसअघि पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भइसकेका छन् । […]