काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ । उक्त चाडलाई स्वागत गर्न उपत्यकाका व्यापारिक केन्द्र, मल, होटल, रेस्टुरेन्ट तथा खुला सार्वजनिक स्थानहरू आकर्षक सजावट गरिएको छ। झिलिमिली बत्ती, सुसज्जित क्रिसमस ट्री, सान्ता क्लजका आकृति र मधुर सांगीतिक वातावरणले सिंगो उपत्यकालाई उत्सवमय बनाइदिएको छ। तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी