अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगको आफ्नो साझेदारी औपचारिक रूपमा अन्त्य गरेको छ। ट्रम्प प्रशासनले बिहीबार यस निर्णयको घोषणा गरेको हो। यस कदमपछि फ्लु लगायत अन्य संक्रामक रोगसँग लड्ने अमेरिकी क्षमता कमजोर हुन सक्ने भन्दै सार्वजनिक स्वास्थ्य विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन गत जनवरीमा जारी […]