बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै षडानन्द नगरपालिका

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन सोचसहित संरक्षण अभियान अघि बढाएको हो । किसानलाई गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने, लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका बाली पुनः […]