भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती हटाउने क्रममा झडप हुँदा २२ जना सुरक्षाकर्मी घाइते भएका छन्। आइतबार साँझ अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा भत्काउने क्रममा बस्तीका केही बासिन्दाले आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको हो। सुरक्षाकर्मीले डोजर प्रयोग गरी सात पक्की घर भत्काएपछि स्थानीय समूहले नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि ढुङ्गा, इँटा र बोतल प्रहार गरेका […]