स्टकहोम — स्वीडेनमा आज, सेप्टेम्बर १३ मा संसदीय निर्वाचन हुँदैछ। यस निर्वाचनलाई युरोपको राजनीतिक दिशाका लागि समेत महत्वपूर्ण मानिएको छ। निर्वाचनमा ३४९ सदस्यीय संसद्का लागि मतदान हुँदैछ भने सोही दिन स्थानीय तह र क्षेत्रीय तहका निर्वाचनसमेत हुँदैछन्। यसपटकको निर्वाचनमा सबैभन्दा बढी चासो दक्षिणपन्थी ‘स्वीडेन डेमोक्र्याट्स’ पार्टीप्रति देखिएको छ। प्रधानमन्त्री उल्फ क्रिस्टर्सन नेतृत्वको दक्षिणपन्थी गठबन्धन विजयी […]