जापानमा १०० वर्ष वा त्यसभन्दा बढी उमेरका नागरिकको संख्या पहिलोपटक एक लाख सात हजार नाघेको छ। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार यस वर्ष शतायु नागरिकको संख्या १ लाख ७ हजार ६७७ पुगेको छ। यो संख्या सन् २०२५ को तुलनामा ७ हजार ९१४ बढी हो। जापानमा शतायु नागरिकको संख्या लगातार ५६औँ वर्ष बढेको छ […]