सिंगटी हाइड्रोको लाभांश घोषणा, नगद र बोनस कति ?

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। उक्त लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।