सीपीआर ज्ञान : जोगिन्छ ज्यान

१३ कात्तिकमा नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष कमल गौतम (६५) भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि भाषण गर्दै थिए। बोल्दाबोल्दै एक्कासि भुइँमा ढले। उनी अचेत भएर ढलेपछि साथीहरू आत्तिए, अलमलमा परे। उनलाई तुरुन्तै नजिकैको क्रिमसन अस्पताल लगियो। तर, उनको मृत्यु भइसकेको घोषणा अस्पतालले गरिदियो। उनको मृत्युको कारण थियो– ‘सडेन कार्डियाक अरेस्ट’ […]