काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् । एघारौँ महाधिवेशनबाट निर्वाचित सचिव महेश बस्नेतलाई सिंहदरबारको बैठकमा पठाएर राजनीतिक सन्देश दिएका ओलीले महाराजगञ्ज जाँदा पनि महासचिव शंकर पोखरेल साथमा देखिए । कांग्रेस र एमालेका बहुमत अर्थात् १३९ जना […]