रामबजारमा सडक भासिँदा मनाङ जाने सडक पूर्णरूपमा अवरुद्ध

मजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा सडक भासिँदा मनाङ जाने सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडक भासिएपछि सवारी आवागमन ठप्प भएको छ। स्थानीयका अनुसार सडक भासिएसँगै शनिबारदेखि विद्युत् सेवासमेत अवरुद्ध छ। सडक र विद्युत् सेवा अवरुद्ध हुँदा रामबजार क्षेत्रका स्थानीय थप समस्यामा परेका छन्। सडक खुलाउन सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको जनाइएको छ।