नेपाल वायुसेवा निगमको बोइङ ७५७–२०० ‘एसीबी’ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको खुला पार्किङमा थन्क्याइएको सात वर्ष बितिसकेको छ। वर्षौंको घामपानी, धुलोधुवाँ सहिरहेको जहाजमा अंकित राष्ट्रिय ध्वजाको रातो चन्द्र-सूर्य पनि धमिलो बनिसकेको छ। जेठ २०७५ यताको साढे सात वर्षमा यस जहाजको ढोका पनि खुलेको छैन। प्राविधिक अवस्था परीक्षण त परको कुरा, वर्षौंदेखि थुप्रिएको धुलो पुछ्नसमेत कोही पुगेको […]