काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानमा चयन भएकी छन् । अरूणा शाही अस्ट्रेलिया गएपछि नेपाल भलिबल संघले निरुतालाई कप्तानमा नियुक्त गरेको हो । संघको शुक्रबार बसेको ६९औँ केन्द्रीय कार्यसमितिको बैठकले ठगुन्नालाई राष्ट्रिय टोलीको कप्तानी जिम्मेवारी दिने निर्णय गरेको हो । निरुताको नेतृत्वमा अब नेपाली महिला टोलीले आगामी साता […]