काठमाडौं– रौतहट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट बालिकाको ज्यान गएको छ। जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षीया अल्फा खातुनको बिहीबार ज्यान गएको हो। उक्त घटनापछि गाडी चालक फरार भएका छन् । रास्वपाको चुनाव प्रचारप्रसारका क्रममा यसअघि बाँकेको नेपालगञ्जमा गाडीबाट खसेर आधा दर्जन घाइते भएका थिए […]