घोडाघोडी– कैलालीको चुरे गाउँपालिका–४ बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनि रात काटिरहेको छ । यो कुनै रहरले रोजिएको क्याम्पिङ होइन, बरु प्राकृतिक प्रकोप र गरिबीले थुपारेको बाध्यताको भारी हो । कुनै समय चुरे गाउँपालिका–४ स्थित मसुरी गाउँमा आफ्नो छुट्टै संसार भएका घर्ती भीषण पहिरोले थातथलो नै बगाएर विस्थापित गरेपछि […]