रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा थप कागजात झिकाउन आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रविको मुद्दा फिर्ताविरूद्ध युवराज पौडेल सफलसहितले हालेको रिटमा महान्यायाधिवक्ताको कार्यालयका नाममा यस्तो आदेश दिएको हो। इजलासले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीको लिखित जवाफमा […]