दाङ– इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गर्दै आएका यहाँका नौ जना स्थानीयले जग्गा खाली गर्न सुरु गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुर र सोही स्थानमा बसोबास गर्दै आएकाबीच यसअघि भएको छलफलपछि उनीहरू आफैँले जग्गा खाली गर्न थालेका हुन् । कार्यालयले १२ जेठमा १५ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न भनेको थियो […]