स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न अस्पतालहरूमा काज मिलाएर बस्दै आएका विशेषज्ञ चिकित्सकविरुद्ध सरकार कडा रूपमा उत्रिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नवनियुक्त मन्त्री निशा मेहताको नेतृत्वमा यस्तो प्रवृत्तिमाथि अङ्कुश लगाउँदै २१ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको मूल दरबन्दीमा फिर्ता पठाएको हो । मन्त्रालयका अनुसार मङ्गलवार पहिलो चरणमा १४ जना र […]