काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा सोमबार बिहान कार दुर्घटनापछि आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ। पानीपत-खटिमा राजमार्गअन्तर्गत जगहेडी ओभरब्रिज नजिक कार अनियन्त्रित भई सडकको डिभाइडर र विद्युत् खम्बामा ठोक्किएपछि आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। समाचार संस्था पीटीआईका अनुसार दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी र दमकलको टोली घटनास्थल पुगेको थियो। आगो नियन्त्रणमा लिएर कारमा […]