अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।  घाइतेमध्ये सोही गाउँपालिका–३ का ३८ वर्षीया यमकला खाम्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।  प्रहरीले सबै घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । एक बालकसहित पाँच जना घाइतेको अवस्था सामान्य छ […]